spot_img

10 February ,2026,Tuesday

वीरगंजमा खानेपानीको हाहाकार हुँदा २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएँ, घरघरमा पानी खुवाउने काम गरे : पूर्व मन्त्री प्रदीप यादव

वीरगंज,२७ माघ । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगंजमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् ।

वीरगंज–३० टेढा राम वनमा मङ्गलवार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू जनताकै माझमा आएर काम गरेको बताए ।

उनले भने, ‘जुन समयमा वीरगंजमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिकै म वीरगञ्ज आए । वीरगंज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी खुवाउने काम गरे ।’

एमाले उम्मेदवारले अहिले वीरगंजमा कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको पनि बताए । उनले वीरगंजमा खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि त्यस बेला नै खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड बजेट वीरगञ्ज महानगरपालिकामा पठाएको र त्यो बजेटबाट खानेपानी आयोजना निर्माणका लागि टेन्डर निकालेर काम पनि सुरु भइसकेको उनले बताए । उनले भने,‘ यो आयोजना ३ वर्षभित्रमा सम्पन्न हुन्छ । त्यसपछि वीरगञ्जमा कहिल्यै पनि खानेपानीको समस्या हुँदैन ।’

त्यति मात्र नभई कोरोनाको महामारीका बेला आफ्नो ज्यान समेत दाउमा राखेर यादवले जनताको जीउ ज्यान रक्षाका लागि काम गरेको स्मरण गराए ।

यादवले संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि आफूले यसपालि उम्मेदवारी दिएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि हो । संविधान जोगियो भने मात्रै अहिलेसम्म प्राप्त मधेसका अधिकार जोगिन्छ । मधेसी, महिला, दलित, थारुको अधिकार सुरक्षित रहन्छ । यदि एमालेले जितेन भने मधेसका अधिकार खोसिने खतरा पनि छ । त्यसका कारण मलाई जिताएर पठाउनुस् मधेसको अधिकार म सुरक्षित गराउँछु ।’

एमाले उम्मेदवार यादवले सम्बोधन हुन बाँकी रहेका मधेसका अधिकार सम्बोधन गराउन संविधान संशोधन पनि गराउनुपर्ने आवश्यक रहेको र त्यसका लागि पनि एमालेलाई जनताले जिताएर पठाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल