spot_img

10 February ,2026,Tuesday

उपकार सेवा नेपालको सहयोगमा मनमिश्रा आधारभूत विद्यालय टेढा सेमरामा कार्पेट हस्तान्तरण

अभिलाष गुप्ता

वीरगंज,२७ माघ । वीरगंज महानगरपालिका वडा नं. ३२ अन्तर्गत टोल टेढामा अवस्थित श्रीमति मनमिश्रा आधारभूत विद्यालय, टेढा सेमरा, बिरगंज–३२ मा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थी (बाबुनानी) हरूलाई लक्षित गर्दै कक्षाकोठामा बस्ने सुविधाका लागि कार्पेट हस्तान्तरण गरिएको छ।

उपकार सेवा नेपाल को सम्पूर्ण आर्थिक सहयोगमा विद्यालयका दुई वटा कक्षाकोठाको भुइँमा ६३० स्क्वायर फिट क्षेत्रफल बराबरका कार्पेट ओछ्याइएका हुन्। भुइँमै बसेर अध्ययन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै एक विशेष कार्यक्रमको आयोजना गरी कार्पेट विद्यालयलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालको तर्फबाट अध्यक्ष बिद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालविकास तहका विद्यार्थीहरूको पठनपाठन वातावरण सहज र सुरक्षित बनाउन यस्ता सहयोगात्मक कार्यले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विद्यालय प्रशासनले उपकार सेवा नेपालप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल