spot_img

11 February ,2026,Wednesday

वीरगंज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता ‘पानीको समस्या समाधान गरें, अब पनि जनताकै बिचमा रहन्छु’—प्रदीप यादव

वीरगंज, २८ माघ । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्रता दिएका छन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले बुधवार वीरगंज महानगरपालिका–१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले यसअघि दुई पटक पर्सा–१ बाट निर्वाचित भएपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे जानकारी गराएका थिए ।

विशेषगरी गत वर्ष देखिएको खानेपानी सङ्कट समाधानमा आफूले खेलेको भूमिकाबारे स्मरण गर्दै यादवले समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे । “पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगञ्जको खानेपानी समस्या अन्त्य भएको छ,” उनले भने ।यादवले निर्वाचनपछि पनि जनताकै बिचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैँ तपाईँहरूको बिचमा छु । सांसद बने पनि, मन्त्री बने पनि तपाईँहरूको घरदैलोमा आएर सुख–दुःखको सारथि बनेको छु,” उनले भने, “अन्य केही उम्मेदवारहरू भने चुनावमा मात्र देखिने पात्र हुन् ।”

उनले अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूसँग काम र उपस्थितिका विषयमा प्रश्न गर्न समेत मतदातालाई आग्रह गरे ।

घरदैलो कार्यक्रममा वीरगंज–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी लगायत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल