spot_img

12 February ,2026,Thursday

पकाहामैनपुर–४ मा एमालेको घरदैलो अभियान उत्साहपूर्ण, रूपेश पाण्डेले दिए विकास र स्थिरताको

वीरगंज,२९माघ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–४ मा नेकपा एमालेको घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।

मतदाता भेटघाटका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले राष्ट्र र राष्ट्रियताको रक्षा, राजनीतिक स्थिरता तथा समृद्धिका लागि नेकपा एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको बताए। उनले वर्तमान राजनीतिक अस्थिरता अन्त्य गरी विकासलाई तीव्रता दिन एमाले सक्षम शक्ति भएको दाबी गरे।“राष्ट्र बलियो भए मात्र क्षेत्र बलियो हुन्छ,” उनले भने, “पर्सा–३ लाई कृषि, उद्योग, रोजगारी र पूर्वाधार विकासको केन्द्र बनाउने स्पष्ट योजना लिएर आएको छु।”

कार्यक्रममा सहभागी मतदाताहरूले पाण्डेको विकास दृष्टिकोणको प्रशंसा गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। जिल्लाका नेता तथा कार्यकर्ताहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो। आगामी दिनमा घरदैलो अभियानलाई अझ तीव्र बनाउने एमालेको तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल