spot_img

12 February ,2026,Thursday

साउथ जोन सेकेन्डरी स्कूलको १७ औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज, २९ माघ । साउथ जोन सेकेन्डरी स्कूलले आफ्नो १७औँ स्थापना दिवस समारोह “Annual Extravaganza 2082 – Celebrating Past with the Vision of Future” भव्यताका साथ सम्पन्न गरेको छ। वर्ल्ड अफ वन्डर्स, बाइपास रोडमा आयोजित उक्त कार्यक्रमले विद्यालयको सत्र वर्षे शैक्षिक यात्रा, उपलब्धि र प्रगतिशील भविष्यप्रतिको दृष्टिलाई उजागर गरेको थियो।

विद्यालयले शैक्षिक उत्कृष्टता, चरित्र निर्माण तथा समग्र शिक्षामा निरन्तर प्रतिबद्ध रहँदै हासिल गरेका उपलब्धिहरूलाई स्मरण गर्दै विशेष सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरेको थियो। समारोहका मुख्य आकर्षणहरूमा South Zone Idol–4 तथा Dancing Stars अन्तर–हाउस गायन तथा नृत्य प्रतियोगिता रहेका थिए। यी कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए, जसले समारोहलाई अझ स्मरणीय बनाएको थियो।

कार्यक्रममा साना विद्यार्थीहरूले गीत–संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। साताव्यापी रूपमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, नेशनल प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, समाजसेवी प्रकाश थारु, उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम, प्याब्सनका श्याम केसी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल,मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अशोक सङ्रौलाले गरेका थिए।समारोहले विद्यालयको गौरवपूर्ण विगतलाई स्मरण गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल