spot_img

14 February ,2026,Saturday

वीरगंजमा सांस्कृतिक नृत्य उत्सव, फुड फेस्ट तथा हस्तकला प्रदर्शनी भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०१ फागुन । गौतम स्कुलका सामाजिक अध्ययन विषयसँग सम्बन्धित कक्षा ७ द्वारा आयोजित सांस्कृतिक नृत्य उत्सव तथा कक्षा ८ द्वारा आयोजित सांस्कृतिक फुड फेस्ट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सिर्जनशीलता तथा सांस्कृतिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विद्यालयले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको सांस्कृतिक फुड फेस्टमा कक्षा ८ का विद्यार्थीहरूले विभिन्न स्वादिष्ट परिकारहरू तयार गरी स्टलमार्फत प्रदर्शन गरेका थिए। परिकारहरूमा परम्परागत तथा आधुनिक दुवै प्रकारका खानाहरू समावेश गरिएको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिता र व्यवस्थापन क्षमताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

त्यसैगरी, कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले हस्तकला प्रदर्शनी आयोजना गरेका थिए। प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नै सिर्जनशीलताबाट तयार पारेका आकर्षक हस्तनिर्मित सामग्रीहरू प्रदर्शन गरेका थिए। कला र सीपको उत्कृष्ट नमुना प्रस्तुत गर्दै उनीहरूले आफ्नो प्रतिभा उजागर गरेका थिए।यसै अवसरमा सांस्कृतिक नृत्य उत्सवमा कक्षा ७ का विद्यार्थीहरूले नेपालका विभिन्न जातजाति तथा संस्कृतिका परम्परागत पहिरनमा सजिएर आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विविध समुदायका कला, संस्कार र भेषभूषा झल्किने प्रस्तुतीले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति चिन्ने र सम्मान गर्ने अवसर प्रदान गरेको बताइएको छ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै व्यावहारिक सीप, समूहमा काम गर्ने क्षमता र नेतृत्व गुणको विकास गर्नु हो।कार्यक्रममा विद्यालयका सञ्चालक सोनम लामा तथा नूतन सराउगी, प्रिन्सिपल गणेश क्षेत्री, सञ्चारकर्मीहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरूले विद्यार्थीहरूको प्रतिभा र सक्रियताको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यक्रमले शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने धारणा व्यक्त गरेका थिए भने कार्यक्रम संचालन शिक्षक सौराज प्रधानले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल