वीरगंज, ०१ फागुन । नेकपा एमाले वडा कमिटी वडा नम्बर २ घुसुकपुर–छपकैयाको आयोजनामा आज बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका नेता तथा कार्यकर्तालाई नेकपा एमाले पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय नेता मकबुल देवानले गर्नुभएको थियो ।
प्रमुख अतिथिका रूपमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माननीय प्रदिप यादव सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले मुलुकको समृद्धि, सुशासन र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्तालाई बधाई दिँदै जनताको पक्षमा सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार लोकप्रिय विकासप्रेमी र जनताको सुख दुःखमा सधैं साथ रहने पूर्वमन्त्री समेत रहनुभएका माननीय प्रदिप यादवज्यूलाई भारी मतले विजय गराउन अभियानलाई तीव्र बनाइने उक्त बृहत पार्टी प्रवेश कार्यक्रमका वक्ताहरुले बताए ।
विभिन्न पार्टी परित्यागगरी सयौंको सङ्ख्यामा नेकपा एमाले वडा कमिटी वडा नम्बर २ का संयोजक शेख नरोज, पूर्व वडा अध्यक्ष शेख अब्बास, ताज मोहम्मद, शेख जलसोद्दिन, लालदेव यादव, फरिद आलम शेख जमशेद, रामसुरत महतो लगायत स्थानीय नेताहरूको सहभागितामा बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका अजिजुल अन्सारी, नेक मोहम्मद अन्सारी, अजीमुनि अन्सारी, लालबाबु अन्सारी, वजिर आलम देवान, मुस्ताक अन्सारी, भोला अन्सारी, सफिदन खातुन, अम्बेया खातुन, सायरा खातुन लगायत संयोको सङ्ख्यामा विभिन्न पार्टी प्रत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका नेता कार्यकर्ताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादव ज्यूले फूलमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो।
स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सभ्य र भव्य रुपमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।











