spot_img

14 February ,2026,Saturday

नेपाली कांग्रेस पर्सा–१ का उम्मेदवार अनिल रुङटाको पक्षमा लक्ष्मणवा बासीको समर्थन, विकास र सुशासनका एजेण्डासहित चुनावी अभियान तीव्र

वीरगंज, ०१ फागुन । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई विजयी गराउन लक्ष्मणवा बासीहरू सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्। यसै क्रममा वीरगंज–१५ मा बुथ सभापति राजमंगल कापरको आयोजनामा कोणसभा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अजय द्विवेदीले गरिब समुदायका लागि बैंक ऋण अझै जटिल र पहुँचबाहिर रहँदा प्रभावशाली व्यक्ति तथा उद्योगीहरूका लागि भने सहज रूपमा उपलब्ध हुने अवस्थाप्रति असन्तोष व्यक्त गरे। आर्थिक असमानताले समाजमा विभेद बढाइरहेको उल्लेख गर्दै उनले चिन्ता जनाए। “कुनै पनि पेशा सानो हुँदैन, त्यसमा इमान्दारी र समर्पणका साथ लाग्नुपर्छ,” उनले भने, श्रम र निष्ठाको महत्व औंल्याउँदै।

उम्मेदवार अनिल रुङटाले सम्बोधनका क्रममा काठमाडौँबाट प्राप्त एक गोप्य प्रतिवेदनअनुसार नेपाली कांग्रेसले ७० सिटभन्दा बढी जित हासिल गर्ने सम्भावना रहेको दाबी गरे। उनले यसलाई सम्पूर्ण नेपाली जनता, विशेषगरी मधेशका जनताका लागि शुभ संकेतका रूपमा व्याख्या गरे।

रुङटाले अब विकास, सुशासन र जनताको मागअनुसारका कार्यक्रम अघि बढाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गर्दै नेपाल, मधेश, वीरगञ्ज तथा प्रत्येक वडाको समुचित विकासका लागि पार्टी प्रतिबद्ध रहेको बताए। उनले कार्यकर्ता तथा नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै गठबन्धनको भरमा होइन, आफ्नै शक्ति र संगठनको बलमा चुनाव जित्ने आत्मविश्वास व्यक्त गरे।

उनले राजनीतिमा व्यक्तिगत स्वार्थभन्दा चरित्र र प्रतिबद्धता महत्वपूर्ण हुने उल्लेख गर्दै पार्टी परिवर्तन गरेर स्वार्थसिद्धि गर्ने प्रवृत्ति उपयुक्त नभएको बताए। कांग्रेस सधैं अनुशासन, शिक्षा र जनसेवामा प्रतिबद्ध रहेको उनको भनाइ थियो। हार–जितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने र राजनीति विकास तथा सुशासनका लागि हुनुपर्ने उनले स्पष्ट पारे।

कार्यक्रममा रामनारायण कुर्मी, किरण शर्मा, अरबिन्द गुप्ता, अनिल सिंह, हरि यादव लगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका युवा नेता देवप्रकाश पटेलले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल