spot_img

14 February ,2026,Saturday

टेडामा अनिल रुङटाको लोकप्रियता उकालोमा, परिवर्तनको पक्षमा स्थानीय

वीरगंज, 01 फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका–३२ टेडा क्षेत्रमा अनिल रुङटाको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। स्थानीय बासिन्दाहरूले यसअघि दुई पटक जिताएका प्रदीप यादवबाट अपेक्षित विकास नभएको गुनासो गर्दै अहिले परिवर्तनको पक्षमा खुलेर उभिन थालेका छन्।

स्थानीयका अनुसार टेडा क्षेत्रमा आधारभूत पूर्वाधारका कामसमेत प्रभावकारी रूपमा हुन सकेका छैनन्। विशेष गरी सडक जस्तो अत्यावश्यक संरचना अहिलेसम्म निर्माण हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको उनीहरूको भनाइ छ। विकासका नाममा आश्वासन मात्रै पाएको तर व्यवहारमा काम नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यस परिवेशमा अनिल रुङटाप्रति स्थानीयको विश्वास बढ्दै गएको छ। धेरैले अबको “अन्तिम आशा” रुङटा नै भएको बताएका छन्।

उम्मेदवार रुङटाले जनताको विश्वासलाई आफ्नो मुख्य शक्ति मान्दै टेडा लगायत समग्र क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए का छन्। उनले सडक, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले अघि बढ्ने अठोट व्यक्त गरेका छन्। विगतका कमजोरी दोहोरिन नदिने र जनतासँग प्रत्यक्ष समन्वय गर्दै पारदर्शी तथा उत्तरदायी नेतृत्व प्रदान गर्ने उनको प्रतिबद्धतासँगै क्षेत्रमा परिवर्तनको नयाँ आशा पलाएको देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल