spot_img

14 February ,2026,Saturday

समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्प सहित मतदाताहरूसँगै अघि बढ्ने पर्सा – १ का एमाले उम्मेदवार प्रदीप यादवको प्रतिबद्धता

वीरगंज,०२ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा उनले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या, सुझाव र अपेक्षाहरू सुनेका छन् ।

घरदैलोको अवसरमा यादवले जनताको मागअनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।यादवले विगतमा निर्वाचित सांसद र मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेको विकास कार्यको स्मरण गराउँदै, सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाहरूको विकास तथा सामाजिक कल्याण योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेको चर्चा गरे । आफूले यसअघि गरेको कामले आगामी दिनमा थप दिगो र समावेशी विकास कार्यको आधार तयार गरेको उनले दाबी गरे ।

साथै उनले नेकपा (एमाले) को चुनावी एजेन्डालाई स्पष्ट गर्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षण जस्ता बुँदामा जोड दिए ।“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ । सबैले सूर्य चिन्हमा मतदान गरेर नेकपा (एमाले) लाई समर्थन गर्नुपर्छ । जनताको विश्वास, साथ र मायाले हामीलाई अझ बढी जिम्मेवारीका साथ काम गर्ने ऊर्जा प्रदान गरेको छ । समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित हामी तपाईँहरूसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ,” उनले भने ।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूसँग स्थानीय समर्थक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल