spot_img

14 February ,2026,Saturday

अनिल रुङ्टाको नेतृत्वमा भेडियाहीमा भव्य घरदैलो; नेपाली कांग्रेस पर्सा–१ मा उत्साह, एकता र परिवर्तनको सन्देश

वीरगंज, ०२ फागुन । पर्सा क्षेत्र नं. १ बाट अनिल रुङ्टा को नेतृत्वमा वीरगंज महानगरपालिका–१५ भेडियाहीमा भव्य चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्टाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर इमानदार, उत्तरदायी र उपलब्धिमूलक नेतृत्व प्रदान गर्ने आफ्नो स्पष्ट संकल्प प्रस्तुत गरे। उनले समावेशी विकासको मार्गचित्रमार्फत क्षेत्रलाई दिगो प्रगतितर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार, रोजगारीका अवसर सिर्जना र सामाजिक सद्भाव अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै पर्सा–१ लाई नमुना क्षेत्रका रूपमा स्थापित गर्ने दृढ अठोट व्यक्त गरे। “जनताको विश्वास नै मेरो प्रेरणाको मूल आधार हो,” रुङ्टाले भावुक हुँदै भने, “तपाईंहरूको साथ, सहयोग र भरोसाले पर्सा क्षेत्र नं. १ लाई समृद्धि र विकासको नयाँ शिखरतर्फ डोहोर्‍याउनेछ।”

कार्यक्रममा सहभागी स्थानीय अगुवा, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। घरदैलोका क्रममा देखिएको व्यापक जनसमर्थन, सक्रिय सहभागिता र आपसी आत्मीयताले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेस को आधार झन् मजबुत बन्दै गएको स्पष्ट संकेत गरेको सहभागीहरूको भनाइ थियो।कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल का नेताहरू, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“जनताको भरोसालाई शक्ति बनाएर समावेशी विकासको स्पष्ट योजनासहित अघि बढ्दै अनिल रुङ्टा; भेडियाहीको घरदैलोमा देखियो उत्साह, एकता र परिवर्तनको संकेत।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल