spot_img

14 February ,2026,Saturday

वीरगंज–३१ बेल्वामा नेकपा एमालेको वडा स्तरीय एकाइ कमिटी भेला सम्पन्न

वीरगंज, २ फागुन । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएका छन्। शनिबार उनले वीरगंज महानगरपालिकाका विभिन्न वडामा वडा भेला तथा पार्टी सुदृढीकरण कार्यक्रमहरूमा सहभागिता जनाएका हुन्।

शनिबार बिहानदेखि नै चुनावी कार्यक्रमलाई तीव्रता दिँदै उम्मेदवार यादवले वीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा आयोजित वडा एकाइ भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाए। त्यसैगरी वडा नं. ३१ बेल्वामा एकाइ कमिटीद्वारा आयोजित वडा स्तरीय भेला कार्यक्रममा पनि उनी सहभागी भएका थिए।वडा नं. ३० र वडा नं. ३१ मा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विकास, समृद्धि र स्थायित्वका पक्षमा पुनः एकताबद्ध भएर उभिन मतदाता तथा जनसमुदायलाई आग्रह गरे। उनले पर्साको समग्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेकपा एमालेका अन्य नेताहरूले पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको दाबी गर्दै कुनै पनि प्रकारको भ्रम, अफवाह वा बहकावामा नपर्न कार्यकर्ता तथा मतदातालाई आग्रह गरेका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक विजय दिलाउन सबै तह र तप्काबाट सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल