spot_img

15 February ,2026,Sunday

पर्सा–१ मा चुनावी माहोल तात्दैँ, माईस्थानका सयौँ युवा नेपाली कांग्रेसमा प्रवेश

वीरगंज, २ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–७ माईस्थान विधापिठ नजिक सयौँ युवाहरू विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी युवाहरूलाई पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुगटाले पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै उनले युवाको सहभागिता लोकतन्त्रको सबल आधार भएको उल्लेख गर्दै नयाँ पुस्ताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए ।

युवा लक्षित कार्यक्रम, रोजगारी सिर्जना, शिक्षा सुधार र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । साथै स्थानीय पूर्वाधार, स्वास्थ्य सेवा विस्तार तथा व्यावसायिक वातावरण सुधारमा विशेष ध्यान दिने उनको भनाइ थियो ।

यसैबीच पार्टीभित्र नेतृत्व परिवर्तनपछि युवाहरूको आकर्षण बढ्दै गएको स्थानीय नेता–कार्यकर्ताहरूले बताएका छन् । विशेषगरी गगन थापाको नेतृत्व भूमिकापछि पार्टीप्रति युवाहरूको भरोसा बढेको उनीहरूको दाबी छ ।

नेपाली कांग्रेसले नयाँ राजनीतिक समिकरण, सुशासन, पारदर्शिता र आर्थिक विकासमार्फत देशलाई अगाडि बढाउने नीति लिएको जनाएको छ । पार्टीले युवा सहभागिता बढाउँदै संगठनलाई सशक्त बनाउने रणनीतिमा जोड दिँदै आएको छ ।

कार्यक्रममा स्थानीय युवा, पार्टी कार्यकर्ता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल