spot_img

15 February ,2026,Sunday

नेपाली कांग्रेसका केन्द्रीय कार्यालयले ज्योतिष सम्राट डा. पुरुषोतम दुबे लाई केन्द्रीय प्रचार–प्रसार समिति सदस्यमा मनोनित

अभिलाष गुप्ता

वीरगंज, ०३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय कार्यालयले बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, प्रख्यात ज्योतिषाचार्य तथा समाजसेवी ज्योतिष सम्राट डा. पुरुषोतम दुबेलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्य पदमा मनोनयन गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी गरिएको पत्र अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउने, समानुपातिक मत वृद्धि गर्ने तथा प्रचार–प्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले डा. दुबेलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

पार्टी प्रवक्तासमेत रहनु भएका केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित पत्रमा कला, संस्कृति तथा सामाजिक क्षेत्रका साथीहरूलाई व्यापक रूपमा परिचालन गर्दै चुनावी प्रचार–प्रसारलाई परिणाममुखी बनाउन डा. दुबेले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

डा. पुरुषोतम दुबे सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको व्यक्तित्व हुन्। उहाँले आफ्नो कार्यक्षमता, संगठनात्मक क्षमता र नेतृत्वद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक पहिचान बनाउँदै आउनुभएको छ।

यसअघि हालै बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. दुबेको जन्मदिनसमेत विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले शुभकामनासहित मनाएका थिए। पार्टीभित्र बढ्दो जिम्मेवारीसँगै उहाँको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूले डा. दुबेलाई नयाँ जिम्मेवारीको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल