spot_img

15 February ,2026,Sunday

पर्सा–३ मा चुनावी सरगर्मी तीव्र: युवा उम्मेदवार रूपेश पाण्डे पक्षमा बढ्दो जनसमर्थन

वीरगंज, ०३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। यस क्षेत्रबाट नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनको सम्वाहक र भरोसा योग्य नेतृत्वका रूपमा स्थापित हुँदै जनताको व्यापक समर्थन बटुलिरहेका छन्।

पछिल्लो समय पाण्डेले सञ्चालन गरिरहेको निरन्तर घरदैलो, मतदाता भेटघाट तथा “जनता दर्शन” कार्यक्रमले चुनावी वातावरणलाई आफ्नो पक्षमा मोडेको देखिन्छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने स्पष्ट भिजन प्रस्तुत गर्दै आएका छन्। मतदाताहरूले उनको योजनालाई तथ्यमा आधारित र कार्यान्वयनयोग्य भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका रूपेश कुमार पाण्डे र नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीबीच देखिए पनि बदलिँदो राजनीतिक परिवेशले युवा नेतृत्वप्रतिको आकर्षण बढाएको विश्लेषण गरिएको छ। २०४८ सालदेखि लामो राजनीतिक अनुभव बटुलेका चौधरीको तुलनामा पाण्डे नयाँ ऊर्जा, स्पष्ट एजेन्डा र सक्रिय जनसम्पर्कका कारण मतदातामाझ लोकप्रिय बन्दै गएको बुझिएको छ।

 यता, पटक–पटक निर्वाचित हुँदै मन्त्रीसमेत भइसकेका काँग्रेस नेता चौधरीमाथि कामभन्दा भाषण बढी गर्ने, चुनावका बेला मात्र जनतामाझ देखिने ‘म्यादी उम्मेदवार’ को छवि बनेको स्थानीय स्तरमा आरोप लाग्न थालेको छ। केही मतदाताले विकासका ठोस उपलब्धि अपेक्षाअनुसार नदेखिएको गुनासो व्यक्त गर्दै नयाँ विकल्प रोज्ने मनस्थिति बनाएको संकेत दिएका छन्।

 सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा देखिए पनि मुख्य प्रतिस्पर्धा भने एमाले र काँग्रेसबीच केन्द्रित रहेको आकलन गरिएको छ। बहुदलीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना रहे पनि हालको चुनावी गतिशीलता पाण्डेको पक्षमा अनुकूल बन्दै गएको एमाले समर्थकहरूको दाबी छ।

समग्रमा पर्सा–३ मा यसपटकको निर्वाचन केवल व्यक्तिको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक शैली र नयाँ पुस्ताको नेतृत्वबीचको वैचारिक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल