spot_img

16 February ,2026,Monday

साउथ जोन माध्यमिक विद्यालयका संस्थापकद्वयको रजत वैवाहिक वर्षगाँठ

अभिलाष गुप्ता

वीरगंज, ०४ फागुन । वीरगंजस्थित साउथ जोन माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र विद्यालयकी निर्देशक श्रीमती सुर्यमाया (सुमी) खड्का चौधरीले आफ्नो वैवाहिक जीवनको २५ औँ वर्ष पूरा गर्दै रजत वैवाहिक वर्षगाँठमा दाम्पत्य जीवनको २५ वर्षे रजत यात्रा प्रेम, विश्वास, समर्पण र पारस्परिक समझदारीको अनुपम उदाहरणका रूपमा स्थापित भएको छ।

चौधरी दम्पतीको सहकार्य केवल पारिवारिक जीवनमै सीमित नभई शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत उल्लेखनीय रहँदै आएको छ। शिक्षा क्षेत्रमा समर्पित चौधरी दम्पतीले साउथ जोन माध्यमिक विद्यालयमार्फत गुणस्तरीय शिक्षाको विस्तार, अनुशासित शैक्षिक वातावरण निर्माण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर योगदान दिँदै आउनुभएको छ। विशेषगरी निजी विद्यालयहरूको हक–हित र शैक्षिक उन्नयनका सवालमा प्याब्सन पर्साको नेतृत्व गर्दै सरोज प्रसाद चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ भने निर्देशक सुर्यमाया (सुमी) खड्का चौधरीले व्यवस्थापन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय सहकार्य गर्दै विद्यालयलाई सफलतापूर्वक अगाडि बढाइरहनुभएको छ।

उहाँहरूको दाम्पत्य सहयात्रा प्रेम र आपसी सम्मानको बलियो आधारमा अघि बढ्दै आएको छ, जसले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरेको छ। पारिवारिक समन्वय, सामाजिक जिम्मेवारी र शैक्षिक नेतृत्वको सन्तुलन कायम राख्दै आएको यो जोडी धेरैका लागि उदाहरणीय बनेको छ।

यस सुखद एवं गौरवपूर्ण अवसरमा विभिन्न शैक्षिककर्मी, शुभेच्छुक तथा समाजसेवीहरूले चौधरी दम्पतीलाई रजत वैवाहिक वर्षगाँठको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।आगामी दिनहरूमा पनि आपसी साथ, स्नेह र सम्मानले भरिएको जीवनयात्रा अझ सुदृढ, समृद्ध र उज्ज्वल बनिरहोस् भन्ने कामनासहित रजत वैवाहिक वर्षगाँठको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल