spot_img

19 February ,2026,Thursday

पटेर्वा सुगौली–५ मा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन, विकासमा प्रतिबद्धता

वीरगंज, ०७ फागुन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रूपेश पाण्डेले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले यसपटक भाषणमा सीमित नभई चुनाव जितेपछि जनताको समस्याको समाधान र समाजको समग्र विकासमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहमा विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा (एमाले)का नेता प्रमोद जैसवाल, पूर्व गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल