spot_img

21 February ,2026,Saturday

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ छैठौँ दिन: ज्ञानोदय र ब्राइट पब्लिकको प्रभावशाली जीत

अभिलाष गुप्ता

वीरगंज, ०९ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत म्याच नं. १२ र १३ का खेलहरू आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन्। दुवै खेल उत्साहपूर्ण प्रतिस्पर्धाका बीच सम्पन्न भए।

म्याच नं. १२ मा ज्ञानोदय मा. वि. र ज्ञान निकेतन मा. वि. बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको ज्ञानोदयले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रनको विशाल योगफल खडा गर्यो। जवाफी ब्याटिङमा उत्रिएको ज्ञान निकेतन ७.१ ओभरमै ३५ रनमा अलआउट भयो। ज्ञानोदय १४९ रनको फराकिलो अन्तरले विजयी बन्यो।

यस खेलका म्यान अफ द म्याच सुरज कुमार ठाकुर घोषित भए। उनले २५ बलमा ४४ रन बनाउनुका साथै १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए।

म्याच नं. १३ मा ब्राइट पब्लिक मा. वि. र एन्जल वर्ल्ड मा. वि. आमनेसामने भएका थिए। टस जितेर बलिङ रोजेको ब्राइट पब्लिकले एन्जल वर्ल्डलाई १३.४ ओभरमा ८७ रनमै समेट्यो। ८८ रनको लक्ष्य ब्राइट पब्लिकले ७ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो। ब्राइट पब्लिक ६ विकेटले विजयी भयो।

यस खेलका म्यान अफ द म्याच पवन सर्राफ घोषित भए। उनले २.४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुका साथै २० बलमा ४७ रनको उत्कृष्ट पारी खेले।

प्रतियोगिताको छैठौँ दिनका दुवै खेलमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा पदाधिकारीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल