spot_img

22 February ,2026,Sunday

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

वीरगंज, १० फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजलाई २ सेट कम्प्युटर सम्पूर्ण आवश्यक एक्सेसरिज सहित तथा युपिएस सहयोग स्वरूप हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन १० गते नेशनल मेडिकल कलेजको सम्मेलन हल, वीरगंज–१५, पर्सामा सम्पन्न भएको हो।

प्रविधिगत पूर्वाधार सुदृढीकरण मार्फत सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा छिटोछरितो बनाउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको हो। यस सहयोगबाट नेपाल प्रदेश प्रहरी कार्यालय वीरगंजको प्रशासनिक कार्यसम्पादन तथा सूचना व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।हस्तान्तरण कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा.जैनुदिन अन्सारीज्यूले सामग्री हस्तान्तरण गर्नुभएको थियो भने नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सामग्री ग्रहण गर्नुभएको थियो।

उक्त कार्यक्रममा एडमिसन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नेशनल मेडिकल कलेजले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै समाज र सुरक्षा निकायबीच सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल