spot_img

24 February ,2026,Tuesday

पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई जनताले गरे भव्य स्वागत

वीरगंज, ११ फागुन । नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताए। उनले रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा उनले स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए। “जनताको मत नै मेरो शक्ति हो, क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिपर्नेछु,” रुङटाले भने।

यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए। उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक संकेत दिएको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोनियामा सम्पन्न घरदैलो अभियानसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको देखिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल