spot_img

24 February ,2026,Tuesday

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ आदर्शनगरमा सेमिफाइनल सम्पन्न, भोलि फाइनल खेल

वीरगंज, ११ फागुन ।  वीरगंजस्थित आदर्शनगर खेल मैदानमा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आठौँ दिनका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। रोमाञ्चक प्रतिस्पर्धापछि जुनियरतर्फ Mount Hermon Secondary School तथा सिनियरतर्फ Bright Public Secondary School फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

जुनियरतर्फ Mount Hermon Secondary School र Bright Public Secondary School बीच प्रतिस्पर्धा भएको थियो। माउण्ट हर्मनले टस जितेर पहिले ब्याटिङ रोज्दै १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो। जवाफमा ब्राइट पब्लिक १३.३ ओभरमा ६१ रनमै समेटियो। माउण्ट हर्मन ७९ रनले विजयी हुँदै फाइनलमा प्रवेश गर्‍यो।

म्यान अफ द म्याच राजन महतो घोषित भए। उनले २.३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुका साथै १८ बलमा ३२ रनको योगदान दिएका थिए।

सिनियरतर्फ Lord Buddha Secondary School र Bright Public Secondary School बीच खेल भएको थियो। लर्ड बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो। जवाफमा ब्राइट पब्लिकले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। ब्राइट पब्लिक ३ विकेटले विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।म्यान अफ द म्याच बन्टि सर्राफ घोषित भए। उनले २७ बलमा ३१ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याए।

भोलि फाइनल खेल जुनियरतर्फ Siddharth Academy र Mount Hermon Secondary School बीच प्रतिस्पर्धा हुनेछ भने सिनियरतर्फ Vidya Sadan Secondary School र Bright Public Secondary School बीच उपाधिका लागि भिडन्त हुनेछ।

आयोजकका अनुसार फाइनल खेल भव्य रूपमा सम्पन्न गरिनेछ। प्रतियोगिताले विद्यालयस्तरको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल