spot_img

24 February ,2026,Tuesday

वीरगंज – १८ का वडाध्यक्ष प्रत्याशी एमालेमा प्रवेश, पर्सा – १ का उम्मेदवार प्रदीप यादवले गरे स्वागत

वीरगंज, ११ फागुन ।  गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नरेश प्रसाद यादवले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले सोमबार वीरगंजमा आयोजित एक अनौपचारिक स्वागत कार्यक्रमका बिच नरेश यादवलाई पार्टीमा भित्र्याएका हुन् । कार्यक्रममा प्रदीप यादवसहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादव लगायतएमालेका अन्य स्थानीय नेताहरूको उपस्थिति थियो ।

नवप्रवेशी नरेश यादवलाई फूलमाला लगाई, टीका लगाई र खादा ओढाएर भव्य रूपमा स्वागत गरिएको थियो ।नवप्रवेशी नरेश यादवलाई स्वागत गर्दै प्रदीप यादवले अब वीरगंज–१८ एमालेको लाल किल्लामा परिणत भएको दाबी गरे । “चुनावमा सम्मानजनक मत ल्याउनु भएको नरेश यादव जस्ता इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टीमा प्रवेशले हाम्रो सङ्गठनलाई थप मजबुत बनाएको छ । उहाँको योगदान अब वडाको विकास, जनताको सेवा र पार्टीको विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने ।

नरेश प्रसाद यादवले पार्टी प्रवेश गरेपछि आफूलाई नयाँ ऊर्जा मिलेको बताए । उनले भने, “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी हुने छ । एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु ।”

नरेश यादवको प्रवेशसँगै वीरगंज महानगरपालिका – १८ मा नेकपा (एमाले) को सङ्गठन थप मजबुत र विस्तारित भएको छ । स्थानीय कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल