spot_img

27 February ,2026,Friday

पर्सामा मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति व्यवसायी संघको आपत्ति

वीरगंज, १४ फागुन । पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालय बाट मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गर्ने सूचना जारी भएपछि जिल्लाका मदिरा व्यवसायीहरू चिन्तित बनेका छन्।

संघले जारी गरेको विज्ञप्तिमा अहिलेको अवस्थामा व्यवसायीहरूको आर्थिक अवस्था पहिलेदेखि नै कमजोर रहेको उल्लेख गर्दै यस्तो निर्णयले थप संकट सिर्जना गर्ने जनाएको छ। देशको समग्र आर्थिक परिस्थितिका कारण व्यापार प्रभावित भइरहेका बेला अचानक गरिएको बन्दको निर्णयले व्यवसायीहरू लाई गम्भीर असर पार्ने संघको भनाइ छ।

संघका अनुसार मदिरा व्यवसाय राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये एक हो। वर्षौंदेखि यस क्षेत्रले राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै संघले यही व्यवसायलाई लक्षित गरी गरिएको निर्णय न्यायोचित नभएको जनाएको छ।

विशेषगरी होली पर्व नजिकिँदै गरेको सन्दर्भमा यस्तो निर्णय आएको भन्दै संघले आपत्ति जनाएको छ। वर्षमा एकपटक आउने होली जस्तो पर्वमा धेरै व्यवसायीहरूले ठूलो कारोबार गर्ने अपेक्षा राखेका हुन्छन्। सोही अवसरलाई लक्षित गरी व्यवसायीहरूले बैंक, सहकारी तथा विभिन्न स्रोतबाट ऋण तथा कर्जा लिएर सामान खरिद गरिसकेको अवस्थामा पर्व आउनुभन्दा करिब एक हप्ताअघि पसल बन्द गर्ने निर्णयले व्यवसायीहरू मर्कामा परेको संघको दाबी छ।

“यदि व्यवसाय सञ्चालन गर्न नदिने हो भने लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च तथा राज्यलाई तिर्नुपर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ?” भन्ने प्रश्न संघले उठाएको छ। व्यवसायीहरूको वास्तविक अवस्था बुझी निर्णय पुनर्विचार गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ।

संघले उक्त निर्णय पुनर्विचार गरी व्यवसायीहरूको लगानी, समस्या र परिस्थितिलाई मध्यनजर गर्दै उपयुक्त समाधान निकाल्न आग्रह गरेको छ। साथै सम्पूर्ण व्यवसायीहरूलाई संयमित र एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि उभिन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल