spot_img

28 February ,2026,Saturday

पर्सा २ का उम्मेदवार अशोक टेमानीको समर्थनमा वीरगंजमा जसपाको शक्ति प्रदर्शन, हजारौंको सहभागितामा भव्य र्‍याली

वीरगंज, १५ फागुन । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले वीरगंजमा शक्ति प्रदर्शन गरेको छ । निर्वाचन प्रचारप्रसार अभियानअन्तर्गत पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको समर्थनमा पार्टीले भव्य र्‍याली निकालेको हो ।

हजारौं नेताकार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा वीरगंजको घण्टाघरबाट सुरु भएको र्‍याली नगरका मुख्य क्षेत्रहरू परिक्रमा गर्दै अघि बढेको थियो । र्‍याली माइस्थान, आदर्शनगर र कैलाश चोक हुँदै नगर परिक्रमा गर्दै माइस्थान स्थित गहमाई मन्दिर प्राङ्गणमा पुगेर समापन सभामा परिणत भएको थियो । र्‍यालीका क्रममा सहभागीहरूले पार्टीका झण्डा र नारासहित उत्साहपूर्ण उपस्थिती जनाएका थिए, जसले चुनावी माहोललाई थप तातेको देखिएको थियो ।समापन सभालाई सम्बोधन गर्दै वक्ताहरूले मधेशसहित पर्सा जिल्लाको समग्र विकासका लागि जसपानै उपयुक्त विकल्प भएको दाबी गरेका थिए । उनीहरूले विगतका वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता, विकासमा देखिएको सुस्तता र जनअपेक्षा पूरा हुन नसकेको अवस्थालाई अन्त्य गर्न सशक्त नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए । आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरिएको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार अशोक टेमानीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक पर्वका रूपमा उत्साहपूर्वक सम्पन्न गर्न सबैसँग आग्रह गरे । उनले मतदातालाई उम्मेदवारको पृष्ठभूमि, क्षमता र दृष्टिकोण बुझेर मात्र मतदान गर्न सुझाव दिए । ‘यो निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, देशको भविष्य निर्धारण गर्ने अवसर पनि हो,’ उनले भने ।टेमानीले मतदातालाई कुनै दबाब, प्रभाव वा लोभलालचमा नपरी स्वतन्त्र रूपमा आफ्नो अमूल्य मत प्रयोग गर्न आह्वान गरे । सक्षम, इमानदार र परिणाममुखी नेतृत्व चयन भए मात्र देशमा सुशासन र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

उनले पाँच वर्षमा हुनुपर्ने निर्वाचन तीन वर्षमै हुन लागेको प्रसङ्ग उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रम र जनआन्दोलनले देशको सत्ता समीकरण परिवर्तन गरेको बताए । देशमा मौलाएको बेथिति र भ्रष्टाचारका कारण जनस्तरमा असन्तोष बढेको र त्यसकै परिणामस्वरूप परिवर्तनको माग तीव्र बनेको उनले उल्लेख गरे । उम्मेदवार टेमानीले परिवर्तनको यो अवसरलाई सही दिशामा उपयोग गर्न आवश्यक रहेको धारणा राख्दै समस्याको जरा पहिचान गरी समाधान गर्न सक्ने नेतृत्व रोज्न मतदातालाई आग्रह गरे ।मधेशको अधिकार, समावेशी विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै उनले पर्सा क्षेत्र नं. २ लाई विकासको नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए । वीरगंजमा भएको यो शक्ति प्रदर्शनले पर्सा क्षेत्र नं. २ मा जसपाको चुनावी सक्रियता र जनसमर्थनलाई बलियो सन्देश दिएको विश्लेषण गरिएको छ । पार्टीले आगामी दिनहरूमा पनि घरदैलो, कोर्नर सभा र जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल