spot_img

28 February ,2026,Saturday

गौतम स्कुलको ४९ औँ वार्षिक अन्तर–हाउस खेलकुद प्रतियोगिता सम्पन्न, विजेतालाई मेडल तथा प्रमाणपत्र वितरण

अभिलाष गुप्ता

वीरगंज, १५ फागुन । गौतम स्कुलको ४९ औँ वार्षिक अन्तर–हाउस खेलकुद प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विगत ६ दिनदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता औपचारिक समापन समारोहका बीच सम्पन्न भएको हो।कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीहरूले दौड, हाइजम्प, लङजम्प, रिले रेस, भलिबल, फुटबल लगायत विभिन्न खेलकुद विधामा सक्रिय सहभागिता जनाएका थिए।साना कक्षादेखि नै खेलकुदप्रति रुचि, अनुशासन र आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरू उल्लेखनीय उत्साहका साथ सहभागी भएका थिए।कार्यक्रमका प्रमुख अतिथि Birgunj United Football Club का संस्थापक तथा Nepal Pharma ceuticals का कर्पोरेट डाइरेक्टर अबिन्द्र आमात्य रहेका थिए।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा पर्सा Cricket Association का अध्यक्ष मनीष सिंह,विद्यालयका डाइरेक्टर सोनल लामा, प्रिन्सिपल गणेश क्षेत्री, समाजसेवी ओम झा लगायतको विशेष उपस्थिति रहेको थियो।कार्यक्रम विद्यालयका म्यानेजिङ डाइरेक्टर प्रीया परीक्षा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक सौराज प्रधान र शिपेन्द्र गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए।समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अबिन्द्र आमात्यले खेलकुदले विद्यार्थीको शारीरिक मात्र नभई मानसिक र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।उनले भने,“विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्नु अत्यन्त आवश्यक छ। खेलले अनुशासन, नेतृत्व क्षमता र टिमवर्क सिकाउँछ। यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउने काम गर्छ।”उनले विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गरिरहेकोमा प्रशंसा व्यक्त गरे।

समापन अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगिताले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच सकारात्मक ऊर्जा, एकता र उत्साह थपेको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल