spot_img

28 February ,2026,Saturday

वीरगंज स्थित जीवन ज्योति सेकेन्डरी स्कूलमा “ASPIRE JJSS 2.0”Achieve, Inspire” नारासहित नवप्रवर्तन र प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १५ फागुन ।  जीवन ज्योति सेकेन्डरी स्कूल (JJSS) ले “ASPIRE JJSS 2.0 – Achieve, Inspire” कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। “Step into the Future with JJSS: Big Ideas, Young Minds, Brighter Nepal” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रम शुक्रबार विद्यालयको जुनियर विंग हलमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव गुप्ता, मिनाक्षी गुप्ता लगायत शिक्षकहरूको विशेष सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य पर्सा क्रिकेट एसोसिएसन का अध्यक्ष मनिष सिंहले गरेका थिए।यसैगरी, कार्यक्रमका निर्णायकको भूमिकामा मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, शिक्षा विद् मनिष आश्वानी तथा रश्मि दास रहेका थिए। उनीहरूले विद्यार्थीहरूको प्रस्तुति, सृजनशीलता, आत्मविश्वास र विषयवस्तुको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रमको संयोजन कामाक्षी गुप्ताले गरेकी थिइन् भने उनी नै कार्यक्रमकी परिकल्पनाकार समेत हुन्।

यस प्रतियोगितामा जीवन ज्योति स्कूलका कक्षा ८ र ९ का गरी १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले विभिन्न नवीन सोच, सामाजिक सन्देश र भविष्य उन्मुख योजनाहरू प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

प्रतियोगिताको नतिजाअनुसार एल्लो हाउस प्रथम, ग्रीन हाउस द्वितीय, रेड हाउस तृतीय र ब्लु हाउस चौथो स्थान हासिल गर्न सफल भए। विजेता टोली तथा सहभागी विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सिर्जनशील सोच, प्रस्तुति कला तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यप्रति सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न प्रेरित गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल