spot_img

28 February ,2026,Saturday

वीरगञ्ज – ३० मा प्रदीप यादवको भव्य घरदैलो सम्पन्न, राष्ट्रिय अस्मिता जोगाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह

वीरगञ्ज, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियान जारी राखेका छन् ।
घरदैलोअन्तर्गत वीरगञ्ज महानगरपालिका – ३० को लालपर्सा र प्रसोतीपुर क्षेत्रमा शनिवार बिहान घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा सयौँको सहभागितामा स्थानीय मतदाताहरूले यादवलाई फूलमाला र गम्छा ओढाएर स्वागत गरेका थिए । पूर्व मन्त्री समेत रहेका यादवले मतदातासँगको संवादमा आफ्ना विगतका दुई संसदीय कार्यकालमा क्षेत्रमा गरेको विकासको मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरे ।

उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो ? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ ।” यादवले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे पूर्ण जानकारी भएको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य प्रतिद्वन्द्वीहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्ने टिप्पणी गरे ।

नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा लिएको बताउँदै उनले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूबाट सचेत रहन आग्रह गरे । “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । म सधैँ जनताको सुख–दुखमा साथी बनेर बस्छु,” उनले भने ।

यादवले गरिबी निवारण, रोजगारी सृजना, सांस्कृतिक संरक्षण, युवा बेरोजगारी घटाउने, महिला सशक्तीकरण, कृषि तथा पर्यटन विकास, स्थानीय उद्योग स्थापना जस्ता एजेन्डा प्रस्तुत गरे । उनले सूर्य चुनाव चिन्हमा मतदान गरी एमाले उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गर्दै भने, “काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरुपियाहरूको पहिचान गर्नुहोस् ।”

विगतमा दुई पटक सांसद निर्वाचित भइसकेका यादवले सडक निर्माण, स्कुल तथा अस्पताल भवन, मन्दिर–मस्जिद–धर्मशाला निर्माण, मसान घाट निर्माण, खानेपानी समस्या समाधान, सिँचाइ, बिजुली विस्तार जस्ता काम गरेको दाबी गरे । संसद्मा पटक–पटक पर्साका समस्या उठाएको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा स्थानीयहरूले समस्या राखेपछि यादवले तत्काल सम्बोधन गर्ने आश्वासन दिए । उनले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै वैदेशिक हस्तक्षेपबाट संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डता जोगाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको जोड दिए । “केपी शर्मा ओली लगायतका नेताहरूले विदेशी चलखेलको विरोध गरे जस्तै अब पनि एमालेको नेतृत्व अपरिहार्य छ,” उनले भने ।

यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक तथा चुनावपछि हराउने व्यक्तित्व भएको आरोप लगाउँदै निरन्तर जनतासँग जोडिएको राजनीतिक जीवनको महत्त्व बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता, युवा, महिला र ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल