spot_img

28 February ,2026,Saturday

वीरगंजमा बिकन स्कूलको भव्य साइन्स एक्जिबिशन सम्पन्न, वरिष्ठ चिकित्सक राम प्रसाद यादवद्वारा उद्घाटन

अभिलाष गुप्ता
वीरगंज, १६ फागुन । वीरगंज–४ भगवतीटोल स्थित बिकन स्कूलमा आयोजित साइन्स एक्जिबिशनको उद्घाटन वरिष्ठ चिकित्सक राम प्रसाद यादवद्वारा शनिबार सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता स्कूलका सञ्चालक प्रकाश कुमार उपाध्यायले गर्नुभएको थियो।

कार्यक्रममा बीआईटी कलेजका निर्देशक राघिव हुसैन, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, मुनलाइट स्कूलका निर्देशक श्याम केसी, सुलभ केसी, ई. राहुल गुप्ता, ई. प्रियान्सु कुमार गुप्ता, ई. इकबाल हुसैन, बिरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, सञ्चारकर्मी जाकिर हुसैन, अभिलाष गुप्ता लगायत अभिभावक, स्थानीय अग्रज, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको आकर्षक प्रस्तुति

कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले दैनिक जीवनमा प्रयोग हुने वैज्ञानिक सिद्धान्त र सामग्रीहरूमा आधारित विभिन्न मोडेल तथा प्रदर्शनी तयार गरी प्रस्तुत गरेका थिए। आफ्नै सोच र सिर्जनशीलताबाट तयार गरिएका प्रोजेक्टहरूले प्रमुख अतिथि, अन्य अतिथि, अभिभावक तथा आगन्तुकहरूको मन जितेका थिए।प्रमुख अतिथिको प्रेरणादायी मन्तव्य

उद्घाटन समारोहमा बोल्दै डा. राम प्रसाद यादवले विद्यार्थीहरूलाई निरन्तर परिश्रम र समर्पणको महत्व सम्झाउनुभयो।
“मूर्तिकारले एउटा ढुङ्गामाथि असंख्य प्रहार गरेपछि मात्र सरस्वती माताको मूर्ति तयार हुन्छ र त्यसपछि त्यो पूजनीय बन्छ। त्यसैगरी निरन्तर मेहनत र संघर्षबाट मात्र जीवनमा सफलता प्राप्त हुन्छ,” उहाँले भन्नुभयो।

उहाँले गुरुहरूले सिकाएका ज्ञानलाई आत्मसात गर्दै अघि बढ्न आग्रह गर्दै सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
अतिथिहरूको धारणा

अन्य वक्ताहरूले साना विद्यार्थीहरूको प्रतिभा र क्षमता देखेर खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताले विद्यार्थी मात्र होइन, देश र समाजको भविष्य पनि उज्ज्वल हुने विश्वास व्यक्त गरे। उनीहरूले विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिएका थिए।

सञ्चालकको प्रतिबद्धता

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सञ्चालक प्रकाश कुमार उपाध्यायले विद्यालयले शैक्षिक अध्ययनसँगै विद्यार्थीहरूको लुकेका प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको बताउनुभयो।
“आज विद्यार्थीहरूको प्रस्तुति देखेर मलाई अत्यन्त गर्व र खुशी लागेको छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य कक्षा ७ का विद्यार्थी आदित्य रौनियारले राखेका थिए। विद्यालयका प्रधानाध्यापक जय कुमार दनुवारले प्रमुख अतिथि तथा अतिथिहरूलाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने सञ्चालक उपाध्याय र मुना खनालले मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो।
उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल