spot_img

28 February ,2026,Saturday

आदर्शनगर–१० स्थित लिटिल स्टेप्स मोन्टेसरी विद्यालयको ८ औँ वार्षिक उत्सव “सपना” भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ फागुन । आदर्शनगर–१० स्थित लिटिल स्टेप्स मोन्टेसरी विद्यालयको ८ औँ वार्षिक उत्सव “सपना” भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिंहले दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सिंहले बालबालिकाको समग्र विकासमा प्रारम्भिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा र संस्कारयुक्त वातावरण प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक/निर्देशक डा. दीपक शाक्य रहनुभएको थियो। उहाँले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गरेको प्रयास सराहनीय रहेको बताउँदै भविष्य निर्माणको आधार बाल्यकालीन शिक्षामै निहित रहेको धारणा राख्नुभयो।

समारोहमा वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी रुङ्गटा वेलफेयर सोसाइटी तथा रुङ्गटा ग्रुपका निर्देशक सुरेश कुमार रूङ्गटा, ग्रीन सिटी वीरगंजका अध्यक्ष प्रकाश खेतान लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो।

विद्यालयका निर्देशकहरू श्रीमती अञ्जली अग्रवाल, तुषार अग्रवाल, रोहित बजाज, अनमोल शाह तथा अंकुर गोयनका लगायतले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। विद्यालयका एच.ओ.डी. अमित कुमार सर्राफले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको समन्वय गर्नुभएको थियो।“सपना” शीर्षकमा आयोजित वार्षिक उत्सवमा नन्हा बालबालिकाहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विभिन्न रचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।

उनीहरूको मनमोहक प्रस्तुतिले उपस्थित अतिथि तथा अभिभावकहरूको मन लोभ्याएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको प्रतिभा उजागर गर्न उत्कृष्ट मञ्च प्रदान गरेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको समापन विद्यालय प्रशासनले सम्पूर्ण अतिथि, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल