spot_img

28 February ,2026,Saturday

जसपा पर्सा-१ का उम्मेदवार यादवद्वारा भेडियाहीमा चुनावी सभा र वडा नं. ४, ५ र ७ मा घरदैलो

वीरगंज, १६ फागुन । पर्सा क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामनरेश यादव ले मधेसी जनताको अधिकारको रक्षा र सुदृढीकरणका लागि जसपा नै एकमात्र विकल्प भएको दाबी गर्नुभएको छ। उहाँले पार्टीको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आम मतदातासँग अपिल गर्नुभएको छ।

जसपा पर्साले शुक्रबार राति वीरगंज महानगरपालिका–३१, भेडियाहीमा आयोजना गरेको चुनावी रात्री सभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले मधेसी जनआन्दोलनको बलमा संघीय र समावेशी संविधान निर्माण भएको उल्लेख गर्नुभयो। “मधेसी जनताको संघर्षकै जगमा संविधानमा समावेशी व्यवस्था सुनिश्चित भएको हो। आज मधेसी, महिला, मुस्लिम र दलित समुदायलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था त्यसैको परिणाम हो,” उहाँले भन्नुभयो।उहाँले मधेसको अधिकार मधेसी जनताले नै सुनिश्चित गर्नुपर्ने बताउँदै छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। “चुनावको समयमा केही उम्मेदवार पैसा बाँड्न आउन सक्छन्। पैसा लिनुहोस्, तर भोट मधेसी अधिकारका लागि संघर्ष गर्ने जसपालाई दिनुहोस्,” उहाँको भनाइ थियो।

यादवले आफू दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेको अनुभवका आधारमा विकासका मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पर्सा क्षेत्र नं. १ का ग्रामीण वडाहरूमा अझै पनि सडक, नाला, विद्यालय र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको दाबी गर्नुभयो। “शहरी ९ वटा वडा बाहेक ग्रामीण क्षेत्र अझै पछाडि परेका छन्। म निर्वाचित भए ग्रामीण बस्तीका गल्ली–गल्लीमा सडक र नाला निर्माण गर्नेछु, विद्यालयको स्तर सुधार्नेछु र गुणस्तरीय निःशुल्क औषधिमा आम नागरिकको पहुँच सुनिश्चित गर्नेछु,” उहाँले प्रतिवद्धता जनाउनुभयो।

हरेक वर्ष वर्षायाममा भेडाहा खोलाले जनधनमा क्षति पुर्‍याउँदै आएको उल्लेख गर्दै उहाँले खोला नियन्त्रणका लागि ठोस पहल गर्ने दाबी गर्नुभयो।कार्यक्रम स्थानीय नेता सुनिल पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद कुर्मीले मधेसी पहिचान र अधिकार संविधानमा स्थापित गर्न जसपाको निर्णायक भूमिका रहेको बताउँदै छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मधेसी स्वाभिमानको रक्षाका लागि रामनरेश यादवलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी जसपा वीरगंज महानगर समितिका अध्यक्ष घनश्याम गुप्तासहितका वक्ताहरूले पनि मधेसी अधिकारको संरक्षण र विकासका लागि जसपा अपरिहार्य रहेको दाबी गर्दै आम मतदातालाई छाता चिन्हमा मतदान गर्न अपिल गरेका थिए।

यसै बिच शनिबार बिहान जसपाका उम्मेदवार यादवले वीरगंज महानगरपलिकाको वडा नम्बर ४,५ र ७ का मतदमतमहरु लाई उनकै घरदैलोमा भेटि पार्टिको चुनाव चिन्ह छाताछापमा मतदान गर्न अपिल गर्नु भयो । आजको कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य शुनिल शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल