वीरगंज, १७ फागुन । पर्सा क्षेत्र नमबर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
आइतबार बिहान चुनावी घरदैलोका क्रममा पुगेका यादवलाई नगवाका स्थानीयले भव्य स्वागत र समर्थन जनाएका छन् । घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर महिला मतदाताले यादवलाई टीका लगाएर स्वागत गर्दै जीतको आर्शीवादपनि दिए ।
यस्तै स्थानीयले आँफुहरुलाई चुनावका बेला मात्रै भाट माग्न आउने नेता नचाहिएको भन्दै जनताको हरेक दुखसुखमा साथमा रहने नेतृत्वलाई यसपालिपनि रोज्ने आश्वासन दिए ।
मतदातासंगको संवादका क्रममा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशको भविष्यपनि तय गर्ने भएका कारण सही नेतृत्वलाई जनताले आफ्नो अमूल्य दिनुपर्नेमा जोड दिए ।
यसअघिको दुई कार्यकालमा आँफुले क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरिदिनपनि उनले मतदाताहरुसंग आग्रह गरे । चुनावका बेला मात्र देखिने अरु उम्मेदवार जस्तो चुनावी मौसमी नेता आँफु नभएको कुरा जनतामाझ जगजाहेर नै रहेको भन्दै उनले भने,‘व्यपारीले आफ्नो नाफाघाटा मात्रै हेर्छ । चुनावलाई पनि उसले व्यपारकै जस्तै नाफाघाटाको हिसाब गर्छ । त्यस्तासंग जनता सजग हुन जरुरी छ । ’
मुलुक स्टण्टले नचल्ने भन्दै उनले अहिलेको संकटबाट निकास दिनसक्ने एकमात्र राजनीतिक दल एमाले नै भएको दाबीपनि गरे ।
विकास र समृद्धिको स्पष्ट खाका एमालेसंग मात्रै रहेको भन्दै उनले भने,‘स्टण्ट गर्नेहरुले भोटका लागि जेपनि बोल्न सक्छन् । तर चुनाव सकिएपछि उनिहरु कहाँ गायब हुन्छन् त्यस्को अत्तोपत्तोपनि हुदैन । त्यसैले अहिले यो देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अगाडि बढाउन सक्ने पार्टी एमालेलाई नै तपाइहरुले आफ्नो अमूल्य मत दिनु होला ।’






