वीरगंज, १७ फागुन ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा र बारामा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती शुरू गरेको छ ।
श्रीजङ्ग गण वीरगंजका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ २१ गतेदेखि फागुन २१ गतेसम्म सेना परिचालन गर्ने निर्णयअनुसार गस्ती सञ्चालन गरिएको हो ।
श्रीजङ्ग गणबाट निस्किएको सेनाको टोली घण्टाघर हुँदै रेल्वे रोड, छपकैया, इदगाहचोक, रजत जयन्तीबाट बाइपास सडक हुँदै गण्डकसम्म पुग्नेछ । त्यसपछि गस्ती टोली परवानीपुर, ड्राइपोर्ट र पावरहाउस हुँदै पुनः गणमा फर्किने छ ।
सरकारले निर्वाचनका क्रममा आम नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन र कुनै पनि अप्रिय घटना हुन नदिन गस्ती बढाइएको जनाएको छ । नेपाली सेनाले संवेदनशील क्षेत्रहरूमा निगरानी कडा बनाउँदै नियमित पेट्रोलिङ जारी राख्ने जनाएको छ ।
यसैगरी नेपाली सेनाले बारा जिल्लाका विभिन्न स्थानमा बख्तरबन्द गाडीसहित गस्ती शुरू गरेको छ।
बाराका चारै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सुरक्षा गस्ती सञ्चालन गरिरहेका छन।
निर्वाचन अवधिभर शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सुरक्षा संयन्त्रहरू उच्च सतर्कतामा राखिएको जनाइएको छ। प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
सुरक्षा निकायका अनुसार मतदातालाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्न र शान्ति–सुरक्षा कायम राख्न सेनाको उपस्थिति बढाइएको हो। मधेस प्रदेशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मुख्य व्यापारिक केन्द्र, राजमार्ग तथा ग्रामीण भेगहरूमा निगरानी तीव्र पारिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।