जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उहाँले बताउनुभयो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको परिचय नखुलेको खड्काले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक चालक भक्तपुरको भक्तपुर नगरपालिका–७ का ४२ वर्षीय आशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँले बताउनुभयो ।





