spot_img

10 March ,2026,Tuesday

करीब १० लाख मूल्यका भन्सार छलीका अवैध कपडा बरामद

वीरगंज, २५ फागुन । भन्सार छली गरेर भण्डारण गरिएको ठूलो परिमाणमा अवैध कपडा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजले बरामद गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा छापा मार्दा भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका कपडा फेला पारेको हो । बरामद गरिएका सामग्रीमा सर्टिड्ढा कपडा, सलवार–सुट, साडी लगायतका विभिन्न किसिमका रेडिमेड तथा कपडा सामग्री रहेका छन । 
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका कपडाको प्रारम्भिक अनुमानित मूल्य करिब १० लाख रुपियाँँ बराबर रहेको छ। बरामद गरिएका कपडाहरू आवश्यक कारबाही तथा मूल्याङ्कनका लागि वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल पर्साका एसपी मोहन बहादुर क्षेत्रीले तस्करी नियन्त्रण अभियानलाई तीव्र बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल