spot_img

10 March ,2026,Tuesday

जसपा नेपाल पर्सा अध्यक्ष यादवकै वडामा छातालाई मात्र २५ मत, उम्मेदवार टेमानीको राजनितिक कोमामा

वीरगंज, २५ फागुन  । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका अध्यक्ष रामनरेश यादवकै वडामा पार्टीको चुनाव चिह्न ‘छाता’ ले जम्मा २५ मत मात्र पाएपछि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार अशोक टेमानी गम्भीर अवस्थामा पुगेका छन्।

चुनाव जिताउने आश्वासन दिँदै अगाडि आएका जसपा नेपालका नेता मोहम्मद लालबाबु राउत गद्दी र पर्सा अध्यक्ष रामनरेश यादवकै गाउँमा पार्टीले लज्जास्पद मत प्राप्त गरेपछि उनीहरूको जनाधार माथि गम्भीर प्रश्न उठेको छ। आफ्नै अध्यक्षको वडाबाट यति न्यून मत आउनु पार्टीभित्रै ठूलो राजनीतिक चर्चाको विषय बनेको छ। छाताले पाएको मत परिमाणले टेमानीको राजनितिक कोमामा पगेको राजनितिक बृतमा चर्चा छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले “जिताउने ग्यारेन्टी” दिँदै उम्मेदवार अशोक टेमानीसँग ठूलो रकमको लेनदेन गरी टिकट दिलाएको आरोप समेत लागेको छ। चुनावमा आफू सारथी बन्ने दाबी गरेका यादवले टेमानीलाई भरोसा दिलाएका थिए। तर परिणाम सार्वजनिक हुँदा अध्यक्षकै वडाबाट अत्यन्त न्यून मत आउनुले उनको प्रभाव र विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ।

निर्वाचन परिणामपछि उम्मेदवार टेमानी आफूलाई पार्टीकै नेताहरूले झुटो आश्वासन दिएर गुमराह गरेको भन्दै आश्चर्यचकित र निराश भएका बताइएको छ।

वीरगंज महानगरपालिका–२८ मा जसपा नेपालले पाएको मत परिणामले अध्यक्ष रामनरेश यादवसँग कुनै वास्तविक जनमत नरहेको स्पष्ट भएको जसपा नेपालकै केही नेताहरूले टिप्पणी गरेका छन्। अध्यक्ष स्वयंले आफ्नो वडामा समेत पार्टीलाई मत दिलाउन नसक्दा पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अशोक टेमानीको जमानत जफत भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल