spot_img

11 March ,2026,Wednesday

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा

वीरगंज 

।  वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो ।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि वीरगंज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा रूपान्तरण गरिनेछ ।
महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो । हाल निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ । वीरगंज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०÷६५ टन फोहोर संकलन हुँदै आएको छ । संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइनेछ ।
 
गत असोज महिनामा वीरगंज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको हो । उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
प्लान्ट निर्माणको प्रगति बुझ्न महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली बुधबार निर्माण स्थल पुगेको थियो । टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो ।
निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । त्यसपछि महानगरपालिकाले नै प्लान्ट सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति (टेक्निकल मेनपावर) को व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने छ ।
स्थलगत निरीक्षणका क्रममा महानगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ ।
उहाँले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको बताउनुभयो । “अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ,” उहाँले भन्नुभयो ।
 
महानगरपालिकाले विगत केही वर्षदेखि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शहरका सडक, चोक तथा सार्वजनिक स्थलहरू सफा राख्ने अभियानलाई निरन्तरता दिँदै फोहोर संकलन तथा व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको    छ ।
डम्पिङ साइटमा निर्माण भइरहेको यो प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि शहरभरिबाट संकलित फोहोरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ । प्रशोधनपछि ती सामग्री पुनःप्रयोगयोग्य बनाइने व्यवस्था मिलाइनेछ ।
महानगरपालिकाका अनुसार यो परियोजना कार्यान्वयनमा आएपछि यहाँको फोहोर व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार आउनेछ । साथै प्लास्टिकजन्य फोहोर नियन्त्रणमा प्रभावकारीता बढ्ने र वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताउनुभयो । उहाँका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धताका साथ यो परियोजनामा सहकार्य गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल