spot_img

14 March ,2026,Saturday

सगरमाथा एकेडेमी मुर्ली वीरगंजको १९ औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ३० फागुन । वीरगंज मुर्लीस्थित सगरमाथा एकेडेमीले आफ्नो १९ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल एवं नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय समिति इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, केन्द्रीय सदस्य अरविन्द सिंह, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, सिटी स्कूलका संस्थापक संतोष गुप्ता, गूगल स्कूलका संस्थापक नरेश पटेल, पर्सा म्यानेजमेन्ट स्कूलका संस्थापक प्रकाश यादव, शालोम स्कूलका संस्थापक कौशल श्रीवास्तव तथा गौतम श्रीवास्तव लगायत विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षासेवीहरू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

वार्षिक उत्सवका अवसरमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा सभापतिद्वारा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

विद्यालय परिवारले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा विकास, आत्मविश्वास वृद्धि तथा मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम विद्यालय परिसरको ब्लक–B मा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल