spot_img

15 March ,2026,Sunday

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजद्वारा मदरसा तथा यतीमखानामा कपडा वितरण कार्यक्रम

वीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आज नेशनल मेडिकल कलेजको कन्फरेन्स हलमा आयोजना गरिएको थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१४ जना बाल बालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो। उक्त कपडा प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हात बाट वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा,मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसाका विद्यार्थी तथा शिक्षक हरू लाभान्वित भएका थिए।

उक्त कार्यक्रममा वरिष्ठ प्रशासक  विश्वनाथ कान्त र मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत  पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत विपन्न तथा अभिभावक विहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल