आज सपथ ग्रहण गर्न जानुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहीद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसंग सहीदको घरमै गएर भेट गरेका हुन ।
भेटको क्रममा पन्तले सहीद परिवार बाट एकजनालाई रोजगारीको लागि अब बन्ने सरकारसंग पहल गर्ने बताए । उनले जेन्जी आन्दोलनकै कारण परिवर्तन सम्भव भएकोले जेन्जी आन्दोलनको सहीदहरूको बलिदानीको उच्च सम्मान गर्ने बताए । सांसद पन्तले सहीद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत प्रकट गरे ।
जेन्जी आन्दोलनको क्रममा भाद्र २४ गते कोटेश्वरमा गोली लागेको असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो । सहीद आलमको परिवारमा श्रीमती, बुबा–आमा र भाइहरू छन् ।





