spot_img

19 March ,2026,Thursday

राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावित सरकार गठनप्रति शुभकामना व्यक्त

वीरगंज, ०५  चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्भावित सरकार गठनप्रति डा. उदयनारायण सिंहले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले देशले लामो समयदेखि सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वको अपेक्षा गर्दै आएको उल्लेख गर्दै यस अवसरलाई ऐतिहासिक जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो।

डा. सिंहले जनताको हितलाई सर्वोपरि राख्दै नीति तथा निर्णयहरू पारदर्शी र परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो। साथै, हाल संसदीय यात्रा तय गरेका माननीयहरू लाई वर्तमान र भावी पुस्ताले मूल्यांकन गर्ने भएकाले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा केन्द्रित हुन आग्रह गर्नुभयो।

उहाँले सरकारले विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा स्पष्ट र प्रभावकारी कदम चाल्ने अपेक्षा व्यक्त गर्नुभयो। जनताको आशा र भरोसालाई व्यवहारमा परिणत गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल