spot_img

21 March ,2026,Saturday

नवनिर्वाचित सांसद कानुले घरेलु हिंसाबाट घाइते महिलाको उपचार खर्च व्यहोर्ने

वीरगंज, ५ चैत । पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले घरेलु हिंसामा परेर गम्भीर घाइते भएकी हरिकला देवीको उपचार खर्च व्यहोर्ने बताएका छन् ।

एलएस न्युरो अस्पतालमा उपचाररत हरिकलालाई बिहीवार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थावारे पीडित महिला र उपचारमा संलग्न डा. दुबैजनासँग जानकारी लिए । उनले विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह समेत गरे ।
सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए ।
 
कानुले घटनाको विषयमा आफूले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग पनि जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको जानकारी दिए । सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
पर्सागढी नगरपालिका–३ बिरूवाचौक निवासी हरिकलालाई चैत्र १ गते उनको पति विश्वनाथले हातमुख बाधी धारिलो हतियारले देब्रे खुट्टा काटिदिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल