spot_img

19 March ,2026,Thursday

वीरगंजका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड

वीरगंज, ०५ चैत्र । राजेशमान सिंहले आज वीरगंज स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरमा पुगेर स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मेयर सिंहले विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको अवस्था, विद्यार्थीहरूको उपस्थिति, दिवा खाजा कार्यक्रमको प्रभावकारिता तथा सरसफाइ व्यवस्थापनको अवस्था बारे जानकारी लिएका थिए। उनले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न आवश्यक पक्षहरूबारे सम्बन्धित शिक्षक तथा व्यवस्थापनसँग छलफल समेत गरेका थिए।

यस क्रममा उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थीमैत्री वातावरण निर्माण गर्न र सरकारी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष ध्यान दिन निर्देशन दिएका छन्। साथै, विद्यालयको भौतिक पूर्वाधार तथा व्यवस्थापन पक्षलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

मेयर सिंहले सामुदायिक विद्यालयहरूको स्तर उकास्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै शिक्षक, अभिभावक र सरोकार वालाहरूबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले निरन्तर अनुगमनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल