spot_img

20 March ,2026,Friday

वीरगंजको गीता मन्दिर रोडमा अनुगमन : सरसफाइ र मापदण्ड उल्लङ्घन गर्ने ४ व्यवसायलाई २५ हजार जरिवाना

अभिलाष गुप्ता

वीरगंज, ०६ चैत्र । वीरगंजको मुख्य बजार क्षेत्र अन्तर्गत गीता मन्दिर रोड आसपास आज गरिएको संयुक्त अनुगमनमा सरसफाइ, मूल्यसूची तथा कानुनी कागजातमा लापरबाही गर्ने व्यवसायी माथि कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न होटल तथा रेष्टुरेन्टहरूको निरीक्षण गर्दै ४ वटा व्यवसायलाई कुल रु. २५ हजार जरिवाना गरेको हो।

अनुगमनका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसल र सोखिन म:म सेन्टर लगायतका व्यवसायमा खाद्य स्वच्छता, सरसफाइ, मूल्यसूची तथा सञ्चालन मापदण्डको अवस्थाबारे सूक्ष्म रूपमा जाँच गरिएको थियो। टोलीले विशेषगरी भान्सा क्षेत्रको सरसफाइ, खाद्य सामग्री भण्डारण गर्ने तरिका, प्रयोग हुने पानीको गुणस्तर तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिएको जनाएको छ।

निरीक्षणका क्रममा केही व्यवसायमा आवश्यक मापदण्ड पूरा नगरेको, मूल्यसूची नराखिएको तथा आवश्यक कागजात अद्यावधिक नभएको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिँदै जरिवाना गरिएको हो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै आगामी दिनमा पनि कडा निगरानी जारी रहने अनुगमन टोलीले स्पष्ट पारेको छ।

टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित तथा स्वस्थ खाद्य सेवा उपलब्ध गराउन सचेत गराएको छ। साथै, मापदण्ड पालना नगरेमा थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

उक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव तथा सञ्चारकर्मी अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले यस्ता बजार अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल