spot_img

22 March ,2026,Sunday

३ बुँदे निर्णयपछि हरि खेतान क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगीत

वीरगंज, ८ चैत । परीक्षाबाट वञ्चित गराएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूको प्रदर्शनपछि अशान्त बन्न पुगेको वीरगंज आइतवार साँझ तीन बुँदे निर्णयपछि टुंगिएको छ ।

क्याम्पस व्यवस्थापन पक्ष र शिक्षकहरूबीचको आपसी द्वन्द्वको चेपुवामा परेर परीक्षाबाट वञ्चित भएका विद्यार्थीहरूले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्सामा आइतवार साँझ बसको सरोकारवालाहरू सहभागी बैठकले तीन बुँदे निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका अगुवा, क्याम्पस सञ्चालक समितिका प्रतिनिधि र क्याम्पसका प्राध्यापकहरू सहभागी थिए । बैठकले क्याम्पस प्रशासनले आइतवारदेखि स्थगीत गरेको परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने, आन्दोलनका क्रममा घाइते विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिएका ।

बैठकले विद्यार्थीका अन्य माग तथा समस्याका सम्बन्धमा क्याम्पस सञ्चालन समिति, क्याम्पस प्रशासन र विद्यार्थीहरूबीच सोमवार पुन जिल्ला प्रशासन कार्यालयमै बैठक बस्ने निर्णय पनि गरेको दाहालले जानकारी गराएका छन् ।
 
क्याम्पसका शिक्षकहरूको आन्दोलनका कारण परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरूले बिहानै देखि सडकमा उत्रिएर धर्ना र प्रदर्शनका साथै तोडफोड तथा चक्काजाम गरेका कारण वीरगंज दिनभर अशान्त बन्न पुगेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल