spot_img

22 March ,2026,Sunday

वीरगंजमा महिलालाई स्वरोजगार बनाउन १ महिने डलकुशन तालिम सुरु

वीरगंज, ०८ चैत्र । वीरगंज माहानगरपालिका वडा नं. ९ मा महिलालाई स्वरोजगारमुखी बनाउन उद्देश्यले १ महिने डलकुशन (डल कुसन) बनाउने तालिम सञ्चालन गरिएको छ। वडा समितिको सहयोग तथा नेपाल महिला विकास संघको आयोजनामा सुरु गरिएको उक्त तालिमको एक समारोहबीच उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले तालिमको उद्घाटन गर्दै महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्न प्रेरित गर्न यस्तो कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै आम्दानीको स्रोत सिर्जना गर्न सहभागी महिलालाई आग्रह समेत गरे।

त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर र कुमारी सोनी पासवान तथा समाजसेवी सतीश सिंह राजपूतको विशेष उपस्थिति रहेको थियो। उनीहरूले पनि महिलाको आर्थिक सशक्ती करणका लागि यस्ता तालिम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत सञ्चालनमा आएको तालिममा सहभागी महिलाहरू लाई १ महिनासम्म व्यावसायिक रूपमा डलकुशन बनाउने सीप प्रदान गरिने आयोजकले जनाएको छ। तालिमपछि महिलाहरूले आफ्नै घरमै साना उद्योग सञ्चालन गरी आयआर्जन गर्न सक्ने विश्वास लिइएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल