spot_img

23 March ,2026,Monday

समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड

वीरगंज, ०९ चैत्र । समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगंज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका को स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा तथा PHRD र UNICEF को सहयोगमा वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणहरू देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो। आमनागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने जानकारी सहभागीहरूलाई गराइएको थियो।

सहभागीहरूलाई टोल तथा समाजमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको थियो। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत जानकारी दिन सकिने बताइएको छ।

कार्यक्रमका प्रशिक्षक राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र छपकैया–२ का अहेव भूषण गुप्ता ले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक हुन्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए।

उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागितामा मात्र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल