spot_img

24 March ,2026,Tuesday

मारवाडी प्रिमियर लिग–३ सेमिफाइनल सम्पन्न, गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्स फाइनलमा

वीरगंज, ०९ चैत्र । मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजना मा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत १० औँ दिनका सेमिफाइनल खेलहरू वीरगंजस्थित आदर्श नगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भएको हो भने चैत १० गते फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ र कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

सेमिफाइनल अन्तर्गत पहिलो खेल गौरीशंकर हिटर्स र माछापुच्छ्रे बीटीएस ब्लास्टर्सबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित १५ ओभरमा १२१–१२१ रन बनाउँदै बराबरी खेलेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै गौरीशंकर हिटर्सले फाइनलमा स्थान सुरक्षित गरेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण टाइगर्स र कञ्चनजंघा वीरगंज स्ट्राइकरबीच सम्पन्न भयो। अन्नपूर्ण टाइगर्सले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेट गुमाएर ११० रन बनाउँदै १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कञ्चनजंघा वीरगंज स्ट्राइकर १५ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटिएपछि अन्नपूर्ण टाइगर्स ८ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

अब प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार आयोजना हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल