spot_img

25 March ,2026,Wednesday

छिपहरमाईमा कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा आज ६ औं दिन १९२ विद्यार्थी सहभागी

अभिलाष गुप्ता

वीरगंज, ११ चैत्र । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा आजदेखि कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा आज ६ औं दिन भएको छ।विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीको विशेष उपस्थितिमा सुरु भएको उक्त परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

परीक्षामा कुल १९२ जना विद्यार्थी सहभागी रहेका छन्। विद्यालयमा हाल करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २३ जना शिक्षक कार्यरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

२००७ सालमा स्थापना भएको यस विद्यालयमा परीक्षा निष्पक्ष र मर्यादित बनाउन विशेष व्यवस्था गरिएको छ। सोहीअनुसार छिपहरमाई गाउँपालिकाका अन्य विद्यालयबाट समेत शिक्षकहरू खटाइएको छ।

छिपहरमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख विशाल गुप्ताले परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्य विद्यालयका शिक्षकहरूको सहयोग लिइएको बताए। उनले परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको समेत जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल