spot_img

30 March ,2026,Monday

गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

वीरगंज, १६ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ७ के. जी. ६९२ ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

 
चैत १५ गते बिहान ८ः३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले गाँजासहित तीनजनालाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
 
पक्राउ पर्नेमा भारत विहार जिल्ला बेतिया थाना बगहा रतनमाला वडा नं. ३२ बस्ने वर्ष ३९ को जाबेद अन्सारी, बेतिया थाना टाउन नगर बसवरिया धुनियापट्टी वडा नं. २९ बस्ने वर्ष २४ को महमद रजिश र छाउनी वडा नं.५ बस्ने वर्ष २८ को महमद गरिब रहको सूचना अधिकारी बस्नेतले जानकारी गराए ।
 
वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेको उनीहलाई प्रहरीले खानतलासी गर्दा पेट तथा छातीको भागमा रातो रंगको प्लाष्टिकमा नीलो रंगको डोरीले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा फेला परेपछि बरामद लागु औषध सहित नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल