spot_img

11 April ,2026,Saturday

श्रीजगन्नाथ, बलदेव तथा सुभद्रा महारानीको रथयात्रा

वीरगंज २८ चैत । श्रीजगन्नाथ रथयात्रा वीरगंजमा भव्यपूर्वक सम्पन्न भएको छ। इस्कोन वीरगंजको आयोजनामा सम्पन्न उक्त रथ यात्रामा हजारौं श्रद्धालुको उल्लेखनीय सहभागीता रहेको थियो।

भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्राले समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भव्य रथ यात्रा, मधुर भजन–कीर्तन, प्रेरणादायी आध्यात्मिक प्रवचन तथा हजारौँ सहभागीका लागि निःशुल्क प्रसाद वितरण गरिएको थियो । 
रथ यात्रा गहवामाई पार्कबाट शुरू भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन गरिएको थियो।
उक्त रथ यात्रामा विद्यालय तथा कलेजका विद्यार्थी, व्यापारिक समुदाय, विभिन्न संघसंस्था तथा वीरगंजका सर्वसाधारणहरूको व्यापक सहभागीता रहेको थियो। साथै पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल क्षेत्रबाट समेत हजारौँ श्रद्धालु उपस्थित भएका थिए। रथ यात्रा पश्चात सहभागीहरूलाई निःशुल्क प्रसाद वितरण गरिएको थियो भने नृत्यनाटकसमेत प्रस्तुत गरिएको थियो।
इस्कोन वीरगंजका प्रमुख मुक्तिनाथ साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा वरिष्ठ समाजसेवी मुर्लीधर रूङटा, आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल